back
stc
prabhu insurance

आज वैशाख ६ गतेदेखि ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ को  बिक्री खुला

काठमाडौं । आज वैशाख ६ गतेदेखि सिटिजन्स क्यापिटलले बन्दमुखी म्युचुअल फन्ड योजनाको बिक्री खुला गरेको छ । क्यापिटलले ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ को कुल १० करोड इकाई निष्कासन गरेको हो ।

जसमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक सिटिजन्स बैंकलाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईमध्ये सर्वसाधारणका लागि इकाई बिक्री खुला गरेको योजना व्यवस्थापक सिटिजन क्यापिटलले जनाएको छ ।

यसमा वैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा वैशाख २० गतेसम्म खुला रहनेछ । प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् ।