back
stc
prabhu insurance

वैशाख १३ गतेदेखि सर्वसाधारणलाई इङवा हाइड्रोपावरले आइपीओ जारी गर्ने

काठमाडौं । वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि इङवा हाइड्रोपावरले आइपीओ बिक्री खुला गर्ने भएको छ ।  कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आइपीओ जारी गर्न लागेको हो ।

यो मध्ये यस कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गरिसकेको छ ।

त्यस्तै, ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता कर्मचारीका लागि छुट्याइएको छ ।

बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ ।

सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यो आइपीओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।