back
stc
prabhu insurance

एनआईसी एशिया क्यापिटलको साधारण सभा सम्पन्न

काठमाडौं । एनआईसी एशिया क्यापिटलको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाले आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले चुक्ता पूँजीको ५२.५३ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभामा संचालक समितिको अध्यक्ष सन्तोष कुमार राठीले २० करोड चुक्ता पूँजी भएको क्यापिटलले समीक्षा अवधिमा ३० करोड भन्दा बढी आम्दानी गरी १२ करोड १६ लाख भन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको जानकारी गराए ।