back
stc
prabhu insurance

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को प्रतिफल घोषणा

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले गत आर्थिक वर्षको नाफाबाट इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ।

गत भदौ २८ गते बसेको ग्लोबल आईएमई क्यापिटलको सञ्चालक समितिको बैठकले करसहित ५ प्रतिशतले हुन आउने ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।