भक्तपूरको सुर्यविनायकमा लालीगुराँस बहुउद्देश्यीय सहकारीको काउण्टर

भक्तपूर । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं.६ पाण्डुबजारमा छैठौं सदस्य सुविधा काउण्टर संचालन गरेको छ । काउण्टरको उद्घाटन संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले गरेका छन् ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न यस संस्थाले आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै लैजाने बताए ।
संस्थाको ललितपुर जिल्लाको चापागाँउ, काठमाण्डौं जिल्लाको चाबहिल, न्यूरोड, भक्तपुर जिल्लाको कौशलटार र चितवन जिल्लाको पर्सामा समेत सदस्य सुविधा काउण्टर संचालन गरेको संस्थाले आफ्ना शेयरसदस्यहरुलाई प्रभावकारी ढंगबाट सेवा सुविधाहरु उपलब्ध गराएको बताएको छ ।
३ सय भन्दा बढी व्यक्तिहरुलाई प्रत्येक्ष रुपमा रोजगारी समेत उपलब्ध गराएको संस्थाको भनाई छ । डिभिजन सहकारी कार्यालय ललितपुरमा २०५६ साल भाद्र १८ गते दर्ता भई २०५६ साल आश्विन १५ गतेबाट कारोबार सुरु गरेको संस्था २२औं वर्षमा संचालित रहेको छ ।
वि.सं.२०७८ भदौ ४ १८:२४