back
stc
prabhu insurance

कान्तिपुर सेभिङको रकम अपचलनमा पक्राउ परेका सीबी लामा जेल चलान

काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी ९चन्द्रबहादुर० लामा जेल चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एन्ड क्रेडिटका बचतकर्ताको करिब ८ अर्ब रकम अपचलन गरेको आरोप सीबीमाथि लागेको थियो ।

सीबीलाई १८ जेठमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चितवनबाट पक्राउ गरेको थियो ।