back
stc
prabhu insurance

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सांग्रिला सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग

 

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज २०८० साउन ७ गते महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग अन्र्तगत चेक हस्तान्तण गरी सहयोग गरेको छ ।

यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो ।

यस वीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आफ्नै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।

उक्त महिला आदर्श सेवा केन्द्रलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले चेक हस्तान्तरण गर्नुभएको थियो । यस किसिमको सहयोगले उक्त केन्द्रलाई ठूलो मद्दत पुगेको कुरा व्यक्त गर्दै सो महिला आदर्श सेवा केन्द्रका अध्यक्ष श्रीमती निरु श्रेष्ठले आफ्नो विचार राख्नु भयो ।

सांग्रिला डेभलपमेन्टबैंकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको व्यहोरा समेत अवगत गराउँदछौ ।