back
stc
prabhu insurance

‘असन बजारमा’ गीतको भिडियो सार्वजनिक हुने

काठमाडौं । गायिका नलिना चित्रकार र बेदराज बस्नेतको आवाजमा नयाँ गीत सार्वजनिक हुने भएको छ । डीपी खनालको शब्द तथा राजनराज शिवाकोटीको संगीतमा ‘असन बजारमा’ गीतको भिडियो सार्वजनिक हुने भएको हो ।

‘असन बजारमा’ गीतको भिडियोलाई शनिबार अमेरिकाको टेक्सासस्थित अर्भिंगमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिने भएको हो ।

गीतको भिडियोमा अभिनेत्री अशिष्मा नकर्मी, उषा उप्रेती, कमल साउद र नारायण प्रधान फिचर्ड रहनेछन् ।

गीतको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । त्यस्तै गीतको भिडियोलाई नेपालमा उत्सव दाहाल र अमेरिकामा रामेश्वर कार्कीले छायाङकन गरेका हुन् ।

त्यस्तै नेपालका लागि प्रमोद भण्डारी र अमेरिकाका लागि आयिषा ओझाले कोरियोग्राफी गरेका हुन् ।