back
hangrilabank
himalayanlife
stc

नेपाल चेम्बर र महिला चेम्बरबाट अधिकारी र ताम्राकार सम्मानित

काठमाडौ।  नेपाल चेम्बर अफ कमर्शकी कार्यकारिणी सदस्य तथा नेपाल महिला चेम्बरकी महासचिव लिमा अधिकारी र नेपाल महिला चेम्बरकी सल्लाहकार निलम ताम्राकारलाई नेपाल चेम्बर अफ कमर्श र नेपाल महिला चेम्बरले सम्मान प्रकट गरेका छन् ।

शुक्रबार चेम्बर भवनमा आयोजित एक कार्यक्रम माझ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले अधिकारी र ताम्राकारलाई माला एवम् खादा लगाई बधाई दिदै सम्मान गरेका थिए ।

सल्लाहकार ताम्राकार बागमती प्रदेश सरकारबाट बागमती प्रदेश नीति तथा योजना आयोगको सदस्य र कार्यकारिणी सदस्य एवम् महासचिव अधिकारी मनमोहन प्राविधिक विश्वविद्यालयले नेपाल सिनेट मेम्बरमा मनोनयनमा पर्न सफल भएकोमा द्वयको सम्मानमा चेम्बर एवम् महिला चेम्बरले कार्यक्रम राखेको हो ।

सो अवसरमा चेम्बर अध्यक्ष मल्ल र महिला चेम्बर अध्यक्ष श्रेष्ठले अधिकारी र ताम्राकारको सफल कार्यकालको कामना सहित बधाई एवम् शुभकामना व्यक्त गर्दै उनीहरुको सफलताले खुशी र गौरव महशुश भएको धारणा राखेका थिए ।