अभिनेत्री केकी अधिकारी वैवाहिक बन्धनमा बाँधिइन्
काठमाडौं । अभिनेत्री केकी अधिकारीले वैवाहिक जीवन सुरु गरेकी छन् । अभिनेत्री अधिकारीले बुधबार ब्यवसायी रोहित तिवारीसँग लगनगाँठो कसेकी हुन् ।
अभिनेत्री अधिकारी र ब्यवसायी तिवारीले सानो पारिवारिक जमघटमा विवाह गरेका हुन् । विगत केही समयदेखि प्रेममा रहेका यो जोडीले आफूहरूबीचको अफेयरलाई सार्वजनिक गरेका थिएनन् ।रोहित ‘हाम्रो बजार डटकम’का सीईओ तथा फुडमारियोका सह संस्थापक र सीइओ हुन् ।
वि.सं.२०७९ वैशाख ८ १२:५६




















