back
stc
prabhu insurance

केयूकेएल महाङकालचौर शाखामा अनियमितता

काठमाडौं । विभिन्न निजी अस्पताल, स्कुल, कलेज र होटल जस्ता व्यवसायमा करोडौ लगानी गरेर साइड व्यवसाय गर्दै आएका उमेश मरहठ्ठाले केयूकेएलको महाँङकाल चौर शाखाका लेखा अधिकृत र इन्जिनियरसँग मिलेर कम गुणस्तरको काम गराएर र कम गुणस्तरको सामान खरिद गरेर ठेकेदारसँग मिलेर भष्ट्राचार गर्दै आएको आरोप लागेको छ ।

कार्यक्षमता राम्रो मानिने मरहठ्ठाले काम पनि गर्ने दाम पनि जोडने नीति लिदै आएका छन। केयूकेएलका युनियनका नेताहरुसँग नङ र मासुको सम्बन्ध गासेर मरहठ्ठाले राम्रो अवैध आम्दानी गर्दै आएको आरोप लागेको छ ।

आफ्ना विरोधीहरुलाई धाक, धम्की र प्रलोभनमा पारेर आफ्नो पक्षमा पार्न निकै सिलालु मरहठ्ठाले लेखा प्रमुख राजु कोइराला, प्रशासन तथा खरिद प्रमुख लबलसिंह साउद, स्टोर प्रमुख र प्राविधिक हेम बुढाथोकी मुख्य सहयोगीसँग मिलेर कागज मिलाएर अनियमितता गर्न भ्याएका छन ।

सरकारी सवारी साधन दुर्घटना भएपछि सो गाडि मर्मत पनि केयूकेएलको रकमबाट गराउने मरहठ्ठाले केयूकेएल महाँकालचौर शाखा अन्तरगत हजारौ खानेपानीका धारा अबैध जडान गर्न लगाएका छन, एउटा धारा जोडन पठाउदा प्राविधिकलाई मिटर जडान नभएको अर्को धारा पनि जडान गर्न लगाएर बौद्ध, नयाँबस्ती, जोरपाटी, अत्तरखेल, चावहिल, कपन लगायतका क्षेत्रबाट प्रति ग्राहक १० हजार घुस लिने गरेको चर्चा महाङकाल चौर शाखामा छ ।

महाँङकाल चौर शाखाले नयाँ धारा जडान गर्दा प्रति ग्राहक कम्तीमा १५ हजारका दरले उठाउने गरेका छन भने पाइपलाइनको काम र लिक मर्मतमा समेत अस्वभाविक ढंगले विल बनाउने गरेका आरोप लाग्दै आएको छ ।

यस शाखामा ठेकेदारले काम सकेपछि ठेकेदार, प्राविधिक र लेखा प्रमुख बसेर विल बनाउने गरेको तथ्य पनि खुलेको छ ।

यसरी सेटिङमा विल बनाउदा काम नभएको आइटम थप गर्ने, गरेको आइटममा बढी काम गरेको देखाउने जस्ता आर्थिक अनियमितता बढेको स्रोतको दावी छ । केयूकेएल महाँङकाल चौर शाखाको कामको बिषयलाई लिएर टेक्नीकल अडिट गरि पाउन केही उपभोक्ताहरुले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,राष्ट्रिय सतर्कता केन्द्र र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी समेत हालेका छन । तर अहिलेसम्म तदारुकतासँग छानवीन हुँन सकेको छैन।