back
hangrilabank
himalayanlife
stc

कुलमान विरुद्ध हितेन्द्रदेवले सर्वोच्च अदालतमा रिट हाले

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा हालै नियुक्त गरिएका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

प्राधिकरणमै यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यले घिसिङलाई हटाउन माग गर्दै रिट दायर गरेका हुन् ।

प्राधिकरणमा कुलमान घिसिङको नियुक्ति ‘बदर गरिपाउँ’ भनेर शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरेको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले बताए ।

अधिवक्ता पौडेलका अनुसार शाक्यले रिटमा पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा ‘संविधान सम्मत मेरो अधिकार हनन भएको’ दावी गरेका छन् । शाक्यले विद्युत प्राधिकरणमा आफैंलाई कायम गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

यसअघि शाक्यकै सहमतिमा सरकारले कुलमानलाई प्राधिकरणमा नियुक्त गरेको दावी गरिएको थियो । शाक्यलाई सचिव सहरको सेवा सुविधा दिइ ऊर्जा आयोगमा ४ वर्षका लागि नियुक्ति गरिएपनि उनी एकाएक सर्वोच्च अदालत गएका छन् ।

सोमबार सर्वोच्चमा शाक्यले दायर गरेको रिट निवेदन दर्ता गरिए पनि पेशी भने तोकिएको छैन।