अनुदानमा ६ लाख मात्रा अस्ट्राजेनिका खोप भोलि जापानबाट काठमाडौं आइपुग्ने

काठमाडौं । जापानबाट अनुदानमा ६ लाख मात्रा अस्ट्राजेनिका खोप भोलि काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा एक करोड १६ लाख मात्रा खोप प्राप्त भइसकेको छ ।
सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैतमसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ । अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० पूर्ण मात्राको खोप लगाइसकेका छन् ।
वि.सं.२०७८ भदौ ४ ०६:०४