back
stc
prabhu insurance

भदौं १६ गतेसम्म खुकुलो निषेध आदेश जारी,८ बजेपछि सवारीसाधन सञ्चालन गर्न पाइने

काठमाडौं । काठमाडौं उपत्यकामा यही भदौं ९ गतेदेखि भदौ १६ गतेसम्मका लागि निषेध आदेश थप गरिएको छ ।

उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारीहरूको आज बसेको संयुक्त बैठकले जारी निषेधाज्ञा थप एक साता बढाउने निर्णय गरेको छ ।

पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिँदैछ । थप गरिएका निषेधाज्ञामा केही प्रावधान खुकुलो बनाइएको छ ।

यसअघि बेलुकी निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएकोमा अबदेखि सञ्चालन गर्न दिने निर्णय गरेका छन् ।

निलो माइक्रो बसमा पछाडि तेर्सो सिटमा चार–चार जना र अगाडि एक जना गरी ९ यात्रु राख्न दिने निर्णय भएको काठमाडौं जिल्लाका सीडीओ कालीप्रसाद पराजुलीले बताएका छन् ।

साथै परीक्षा संचालन गर्दा कोठाको आकार अनुसार २५ जनाभन्दा बढी नहुने गरी राखेर परीक्षा लिन सकिने प्रावधान तोकिएको छ ।

No description available.

No description available.