back
hangrilabank
himalayanlife
stc

नेपाल लाइफले ग्राहकलाई अर्बौ दावी भुक्तानी गर्न बाँकी, जगेडा कोष १ अर्बमा झरयो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स नेपालको एक ठूलो र स्थापित जीवन बीमा कम्पनी हो । बीमा शुल्क आर्जनमा यस कम्पनीले अन्य धेरै जीवन बीमा कम्पनीलाई पछि पारेको छ ।

तर कम्पनीले आफ्ना ग्राहकलाई समयमै दावी भुक्तानी गर्न नसकेको गुनासो दिनदिनै बढदै गएका छन् । अन्य सबै सूचकमा कम्पनी एक नम्बर देखिएपनि दावी भुक्तानीमा सबैभन्दा कमजोर देखिएको छ । यसले गर्दा आगामी दिनमा यश बीमा कम्पनीले जनविश्वास गुमाउदै जान सक्ने देखिएको छ।

नेपालमा जीवन बीमा गर्ने १९ बीमा कम्पनीहरुले आर्थिक वर्ष ०७७र७८ को वित्तीय विवरण सार्वजनिक गरेका छन ।

जसमा ४ अर्ब ६५ करोड भन्दा धेरै दावी भुक्तानी हुन बाँकी रहँदा नेपाल लाइफ एक्लैको २ अर्ब ५५ करोड रूपैयाँ दावी भुक्तानी गर्न बाँकी देखिएको छ । यो सबै जीवन बीमा कम्पनीको भुक्तानी हुन बाँकी दावीको करिब ५५ प्रतिशत अंक भार हो ।

कम्पनीले प्रकाशन गरेको तथ्याङ्क अनुसार भुक्तानी हुन बाँकी दावीवापत ब्यवस्था अन्तर्गत अवधि समाप्ति, आंशिक अवधि समाप्ति दावी र मृत्यु दावी पर्दछ । उल्लेखित रकम मध्य रु. १८. ७२ करोड मृत्यु दावी वापत व्यवस्था गरिएको छ ।

नेपाल लाइफको भुक्तानी गर्न बाँकी रहेको दावी रकम आर्थिक वर्ष ०७६/७७ को अन्त्यसम्म १ अर्ब ६१ करोड थियो । तर आर्थिक वर्ष ०७७/७८ मा आउँदासम्म यस्तो रकम ५८ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ५५ करोड पुगेको छ ।

पुरानो बीमा कम्पनी मध्येको एक सूर्या लाइफले पनि शतप्रतिशत भुक्तानी गर्न सफल भएकोमा पुरानो र स्थापित नेपाल लाइफको अर्बौ दावी भुक्तानी बाँकी हुनु बीमा कम्पनीका लागि राम्रो संकेत मानिदैन् । अब नेपाल लाइफको ओरालो यात्रा शुरू हुने भयो भनेर लगानीकर्ता र बीमित ग्राहक चिन्तित हुन थालेका छन् ।

नेपाल लाइफलाई आजको अवस्थामा ल्याउन सफल भएका प्रमुख कार्यकारी अधिकृत विवेक झाको दुई कार्यकालपछि अहिलेको नयाँ व्यवस्थापन ग्राहकको सेवामा लक्षित हुन सकेको छैन् ।

कम्पनीको संचालक समितिको अध्यक्षमा गोविन्दलाल संघाई छन भने अन्य संचालकमा रामअवतार अग्रवाल, कमलेशकुमार अग्रवाल, विवेक अग्रवाल, कृष्णराज लामिछाने, विमलप्रसाद ढकाल र पारुल ढकाल छन् ।

त्यस्तै उच्च व्यवस्थापनमा सन्तोष प्रसाई प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् भने सुशील कुमार चौधरी नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा छन् ।

बीमा व्यसायको पिलर भनेका बीमा अभिकर्ता हुन् । बीमा अभिकर्तालाई टार्गेट बढाएकोमा उनीहरू खुशी छैनन् ।

कोरोना महामारी बीच उधोग व्यवसाय धरायसी भएका छन। यो बेला अभिकर्ताको टार्गेट घटाउनु पर्नेमा बढाइएको छ,तर बिमितको बीमा भुक्तानी भने समयमा नहुँदा त्यसको मार अभिकर्ताले भोग्दै आएका छन।

अभिकर्ताहरूलाई ग्राहकले नेपाल लाइफले विगत एक बर्षदेखि बीमा भुक्तानी गरेको छैन रे,यस्तो कम्पनीमा बीमा गर्नु हुदैन भनेर नकारात्मक प्रचार गर्ने गरेका छन।

यसरी बीमा अभिकर्तालाई निचोर्न खोज्दा नेपाल लाइफका स्थापित बीमा अभिकर्ताहरु अन्य बीमा कम्पनीमा जाने सम्भावना पनि बढेको छ।

बीमा अभिकर्ताहरु खुशी नभएर होला, नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जनको वृद्धिदर तेश्रो स्थानमा रहेको नेशनल लाइफको भन्दा पनि कम भएको छ ।

नेपाल लाइफले आर्थिक वर्ष ०७७/७८ मा १२ अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरि खुद बीमा शुल्क आर्जन करिब ३३ प्रतिशतले वृद्धि भएकोमा नेपाल लाइफको करिब १७ प्रतिशतले मात्र बीमा शुल्क वृद्धि गर्न सफल भएको देखिन्छ ।

नेपाल लाईफले आर्थिक वर्ष ०७७/७८ मा ३१ अर्ब ९६ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा २७ अर्ब ३४ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।

बीमा व्यवसाय विश्लेषकहरूका अनुसार नेपाल लाइफका अभिकर्तामा पहिलाको जस्तो जोस् जागर विगत दुई वर्षदेखि पाइएको छैन् ।

आर्थिक वर्ष ०७३/७४ मा नेपाल लाइफको ४ अर्ब ७४ करोड रहेको जगेडा कोष अहिले घट्दै घट्दै १ अर्बमा सिमित हुन पुगेको छ । अन्य कम्पनीहरुको जगेडा कोष वृद्धि हुँदै गएकोमा नेपाल लाइफको भने ५ वर्षमा जगेडा कोष निकै कमजोर हुँदै गएको प्रस्ट देखिन्छ।

No description available.