back
hangrilabank
himalayanlife
stc

प्रहरीमा आईजीपि निरीह ! लेखाका प्रहरीको सरूवा हुन सकेन

काठमाडौं । नेपाल प्रहरीका आईजीपी संगठन सञ्चालनमा निरीह बन्दै गएका छन्। प्रहरी ऐन र नियमावली अनुसार आईजीपीले एसपी दर्जा सम्मका प्रहरी कर्मचारीको सरूवा गर्न सक्छन।

तर अहिले नायब सुब्बा सरहको पद सईलाई सरूवा गर्न नसकेर प्रहरीको लेखा शाखा काम गर्न नसक्ने अबस्थामा पुगेको छ । प्रहरीका लेखाका कर्मचारीको दुई–दुई वर्षमा असार– साउन महिनामा सरूवा हुने गरेकोमा यसपाली भदौ १७ गते सम्म सरूवा हुन सकेको छैन्।

आफुलाई एसपी सम्मको सरूवा गर्ने अधिकार भएपनि आईजीपी शैलेस थापा क्षेत्रीले लेखाका कर्मचारी सरूवा गर्न गृह मन्त्री बालकृष्ण खाँणले नाम नदिएको, आदेश नदिएको भन्दै चाहिने भन्दा बढी चाकरी,चाप्लुसी र भक्तिभाव प्रकट गरेर संगठन भित्र नियमित गर्नुपर्ने सरूवा रोकेर वेथिति सिर्जना गरेका छन ।

आफुले पाएको अधिकार प्रयोग गर्न डराएर आईजीपी थापा क्षेत्रीले परिचर र प्रहरी जवान सरूवा गर्न पनि कसकसलाई कहाँ सरूवा गरौं भन्दै गृह मन्त्री खाँणसँग नाम माग्ने गरेकाले प्रहरी भित्रको सरूवा बढुवा समयमै हुन सकेको छैन।

प्रहरीमा असई,सई र प्रहरी निरीक्षकलाई लेखा तालिम दिई छ वर्षका लागि खटाउदै आएको छ। उनीहरूको दुई( दुई वर्षमा युनिटहरूमा सरूवा हुँदै आएको छ। तर यसपाली निरीह आईजीपीले लेखा प्रहरीको सरूवामा कुनै चासो दिएका छैनन्।

मुलुकको कार्यकारी अधिकारको नेतृत्व गर्ने प्रधानमन्त्रीपछि गृहमन्त्रीलाई नेपालमा सर्वाधिक शक्तिशाली मन्त्री मानिन्छ । देशभरको गृह प्रशासन, अध्यागमन,कारागार, प्रहरी र सशस्त्र प्रहरीको तालुकदार मन्त्रालय नै गृह भएकाले गृहमन्त्री शाक्तिशाली हुनु स्वाभाविक नै हो ।

गृहमन्त्री बालकृष्ण खाँणलाई नेपाल प्रहरीका ६३ जना लेखापालले औंलाका नचाइ रहेका छन् । प्रहरी नियमावली र निर्देशिका बमोजिम दुई वर्षमा सरुवा हुनु पर्ने लोखापालको जिम्मेवारी पाएका प्रहरी नायव निरिक्षक (सई) ले गृहमन्त्रीलाई मलाई मालदार ठाँउमा सरूवा गरि दिनु परयो भनेर दवाव र कोसेलीपात बुझाउदा लेखाका प्रहरी सरूवामा ढिलाइ भएको बताइन्छ।

लेखापालको जिम्मेवारीमा रहेका प्रहरी नायव निरीक्षक( सई) हरुको प्रत्येक दुई–दुई वर्षमा सरुवा हुने गर्छ । यस पटक पनि नयाँ आर्थिक वर्ष शुरु हुनु अगाडि नै दुई वर्ष एउटा कार्यालयमा बसेका ६३ लेखापालको सरुवा हुनु पर्ने थियो।

तर, गृह मन्त्री भएका बालकृष्ण खाँण र प्रहरी महानिरिक्षक भएका शैलेश थापा क्षेत्रीहरुले एक महिना १७ दिन वितिसक्दा पनि ति लेखापाललाई सरुवा गर्न सकेका छैनन्। नेपाल प्रहरीको लेखा शाखालाई संयुक्त राष्ट्र संघको शान्ति मिसनपछिको मालदार अड्डा मान्ने गरिन्छ।

तर यस पटक असार मसान्तमै सरुवा गर्नु पर्ने लेखापाललाई न त प्रहरी महानिरीक्षकले सरुवा गर्न सके, न त गृहमन्त्रीले नै सरुवा गर्न निर्देशन दिन सकेका छन्।

गृह प्रशासन सेवामा कुनै अनुभव नभएका शिक्षा सेवाका गृह सचिव टेकनारायण पाण्डेलाई प्रहरीको सरूवा–बढुवा प्रकृया बुझ्न नै तीन महिना लाग्ने भएको छ। मालपोत र नापीका खरिदार,सुब्बा अमिन र सर्वेयरसँग हजार–दुई हजार घुस लिने बानी परेका गृह सचिव पाण्डे सई साहेवहरुले दिएको लाखको विटो देखेर बेहोस हुने गरेको प्रहरी भित्र चर्चा हुने गरेको छ।

६ वर्षसम्म लेखापाल हुन पाउने सईहरुलाई प्रत्येक २ वर्षमा फरक फरक कार्यालयमा सरुवा गर्ने नियम प्रहरी प्रधान कार्यालयले चलाएको छ ।

शुरुमा क वर्गको कार्यालयमा गएर अन्तिममा ग वर्गको कार्यालयमा काम गरी लेखा प्रमुखको जिम्मेवारीबाट पुरानै जिम्मेवारीमा फर्कनुपर्ने प्रावधान प्रहरी प्रशासनले बनाएको छ । यो नियम प्रहरीमा क्षेत्री आईजीपी भएपछि लागू हुन सकेको छैन्।

प्रहरीको नेतृत्व, राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्वमा समेत पहुँच राख्ने लेखापालहरुले यो पटक आफूहरुको सरुवा नगर्न महानिरीक्षक थापा क्षेत्री, सचिव पाण्डे र मन्त्री खाँणलाई दबाब दिएका छन्।

शक्ति केन्द्रको दबाबका अघि यतिवेला महानिरीक्षक थापा क्षेत्री, सचिव पाण्डे र मन्त्री खाँण निरिह बन्नु परेको छ।

गत असार २९ गते सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिएसँगै लेखापालहरुले आफूलाई क बर्गबाट पुन २ वर्ष क बर्गकै प्रहरी कार्यालयमा राखिनु पर्ने भन्दै दबाब दिएपछि उनीहरुको सरुवा हुन नसकेको हो ।

यस बर्ष ६ बर्ष लेखापाल सेवामा रहेका ६३ जना प्रहरी नायव निरीक्षकहरु पुन पुरानै सेवामा फर्कनु पर्ने छ । तर उनीहरु यतिवेला लेखापालमै काम गर्न पाउनु पर्ने भन्दै प्रधानमन्त्रीसम्मलाई दबाब दिए पछि उनीहरु कति शाक्तिशाली रहेछन् भन्ने खुलेको हो ।

लेखापालबाट सरुवा भइ पुरानै कार्यालयमा फर्कन नचाहेर लेखापाल हुन मरिहत्ते गर्ने जुनियर प्रहरीका कारण विभिन्न प्रहरी कार्यालयका कर्मचारीहरुले साउन महिनाको तलव भत्ता भदौं दोस्रो साता मात्र खान पाए।

प्रहरी प्रधान कार्यालयले हरेक इकाइमा परिपत्र गर्दै साविककै लेखापालबाट तलव भत्ता उपलब्ध गराउन निर्देशन दिएपछि तलव भत्ता निकासा भयो।

आर्थिक प्रशासन महाशाखाको नेतृत्व गरिरहेका स्याङजाली प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रकाश अधिकारी यतिबेला प्रशासन विभागबाट सरुवा सुची टेवुल अगाडी कहिले आउला भनेर प्रतिक्षा गरिरहेका छन् ।