back
stc
prabhu insurance

नेपाल–चीन सम्बन्धमा खटपट शुरू

काठमाडौं । दार्चुलामा भारतीय सीमा सुरक्षा बल ‘एसएसबी’का अधिकारीले तुइन खुस्काएपछि महाकालीमा बेपत्ता भएका जयसिंह धामीको अवस्था बुझ्न गठित जाँचबुझ समितिको प्रतिवेदन गृह मन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन दिई सकेको छ ।

नेपाल सरकारद्वारा हुम्लाको नाम्खामा नेपाली भूमि अतिक्रमण भएरनभएको अध्ययन गर्न कार्यदल गठन गरेको छ । यो कार्यदल गठनले नेपाल–चीन असल सम्बन्धमा गतिरोध ल्याउने देखिन्छ। यी दुई विषयको उठान र पृष्ठभूमिमा अन्योन्याश्रित सम्बन्ध रहेको छ ।

अनि यी दुवै विषयले नेपाली निरीह कूटनीतिको पर्दाफास गरेको मात्र छैन्, भविष्यमा नेपालमाथि अझै बढी विदेशी हस्तक्षेप हुने सम्भावनालाई उजागर गरेको छ।

गत साउन १५ गते दार्चुलाको ब्याँस गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदी तर्ने क्रममा तुइनबाट पानीमा खसेर बेपत्ता भए । उक्त घटनामा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०का अधिकारीले तुइन खुस्काइ दिएको प्रत्यक्षदर्शीले बताएका छन्।

छानबिन समितिले प्रतिवेदनमा त्यही कुरा उल्लेख गरेको भए पनि प्रतिवेदनलाई तोडमोड गरी जयसिंह धामी महाकाली नदीमा खस्ता भारतीय सीमा सुरक्षा बल (एसएसबी) का अधिकारी पनि त्यहीँ उपस्थित रहेको मात्र उल्लेख भएको छ।

प्रतिवेदन गृह मन्त्री खाँणसम्म पुग्दा तुइन कसले खुस्कायो भन्ने कुरा गायब छ। विभिन्न सञ्चारमाध्यमले जयसिंह धामीसँगै आएका र उनीभन्दा अगाडि महाकाली नदी तरेका प्रत्यक्षदर्शीको भनाइलाई राख्दै भारतीय एसएसबी कै अधिकारीले तुइन खुस्काएको समाचार सम्प्रेषण गरेका छन्।

आफ्ना नागरिकलाई अर्को देशको सुरक्षाकर्मीले नदीमा खसाएर बेपत्ता बनाएको विषयमा नेपाल सरकारले भारतीय राजदूतलाई बोलाएर एक शब्द सोधेन। भारतसँग आपत्ति जनाउने अथवा सोधखोज गर्ने जाँगर पनि देखाएन।

गत बिहीबार भारतीय विदेश मन्त्रालयका प्रवक्ताले यसबारे आफूलाई कुनै जानकारी नभएको बताएर नेपाली कूटनीतिलाई उदाङ्गो बनाइदिएका छन्।

यही बीचमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालको पाँच दिने भ्रमण गरेका छन्। भ्रमणका क्रममा नेपालका सत्ता पक्ष तथा प्रमुख प्रतिपक्षी नेतासँग भेटघाट गरेका छन् तर कुनै पनि नेताले धामी बेपत्ताको विषय उठाएको सुनिएन्।

सञ्चार माध्यमको समाचार सम्प्रेषण र सरकारी रबैयाप्रति जनताको तीव्र बिरोध र अन्सन्तुष्टिलाई मथ्थर बनाउन घटना भएको एक महिना २ दिनपछि गृह मन्त्रालयले आवश्यक कूटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको सुनिएको छ ।

चिनियाँ सीमावर्ती हुम्लाको नाम्खामा नेपाली भूमि अतिक्रमण भएरनभएको अध्ययन गर्न सरकारले एकाएक कार्यदल बनाएको छ।

आफ्नो देशको सीमालाई चुस्त र दुरुस्त गर्नु सबै सरकारको दायित्व हो। राष्ट्रको भौगोलिक अक्षुण्णता कायम राख्नु राम्रो कुरा हो। तर सस्तो लोकप्रियताका लागि अमुक शक्ति केन्द्रलाई खुशी बनाउने कुरामा उत्तरी छिमेकी मुलुक चीनलाई चिढ्याउने काम सरकारको बेमौसमी बाजा र बालपन मात्र हो। कूटनीतिक अपरिपक्वले दीर्घकालसम्म राष्ट्रको विश्वासलाई धरापमा पार्दछ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २०७७ असोज २८ गते पार्टीका तर्फबाट विज्ञप्ति जारी गरेर हुम्लामा चिनियाँ पक्षबाट भएको सीमा अतिक्रमणलाई सरकारले ढाकछोप गरेको भन्दै आपत्ति जनाएका थिए ।

कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संसद जीवन बहादुर शाहीले हुम्लाको माम्खामा नेपाली भूमी मिचेको कुरा उठाएका थिए।

नेपालको उत्तरी सीमा १४१४ किलोमिटर चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिएको छ। यही १४१४ किलोमिटरमध्ये हुम्लाको नाम्खामा चीनले नेपाली सीमा अतिक्रमण गरेको विषय उठान भएको छ। यो विषय गत वर्ष पनि उठेको थियो ।

जतिबेला नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गर्‍यो, त्यतिबेला चीनले हुम्लामा सीमा मिचिएको विषय उठाएको थियो। त्यो समयमा भारतीय मिडियाले चीनले नेपालको भूमि अतिक्रमण गरेको विषयलाई महत्व दिएर उठाएका थिए।

नेपाली कांग्रेसले नाम्खामा सिमाना मिचिएको दाबी गर्दै नाम्खाको नेपाली भूमिमा चीनले भवन बनाएको आरोप लगाएको थियो ।

नेपालको परराष्ट्र मन्त्रालयले सो क्षेत्रमा निर्माण गरेका भवन चीनकै भू–भागमा रहेको भन्दै नेपाल र चीनबीचमा सीमा समस्या नरहेको प्रस्ट पारेको थियो।

त्यसबेला परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा नापी विभाग र नेपाल सरकारले आधिकारिक प्रमाणका आधारमा सीमास्तम्भहरू ११ र १२ को बीचमा रहेका चिनियाँ पक्षको भवन नेपालको भूभागमा नरहेको प्रमाणित गरेको जनाएको थियो।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले २०७७ असोज २८ गते पार्टीका तर्फबाट विज्ञप्ति जारी गरेर हुम्लामा चिनियाँ पक्षबाट भएको सीमा अतिक्रमणलाई सरकारले ढाकछोप गरेको भन्दै आपत्ति जनाएका थिए।

दुई देशबीचमा कूटनीतिक नियोग सक्रिय रहेको बेला चीन स्थित नेपाली दूतावासलाई थाहै नदिई बनाइएको समितिले नेपालको कूटनीतिलाई नै कमजोर बनाउने छ।

पञ्चशीलका सहअस्तित्व सिद्धान्त अँगालेको नेपालले कुनै अमुक मुलुकलाई खुशी बनाउन अर्को मुलुकलाई चिढ्यानु हुँदैन। कुनै समस्या भएमा सबैभन्दा पहिले कूटनीतिक संयन्त्र प्रयोग गरेर छलफल गर्नुपर्छ। अहिलेको यो समिति गठनमा परराष्ट्र मन्त्रालयको सम्लग्नता भएको देखिँदैन। यसले कूटनीतिक आचारसंहिताका प्रोटोकोललाई उल्लंघन गरेको छ।

जयसिंह धामीलाई महाकालीमा खसाएर बेपत्ता बनाएको विषयलाई ओझेलमा पार्न चीनसँगको सीमा विषयलाई उठाएको हुन सक्ने देखिन्छ ।

कम्युनिष्टहरू सत्तामा आउँदा चीनको नजिक हुने र कांग्रेस सत्तामा आएपछि चीनबाट टाढा हुँदै भारतसँग नजिक हुँने परम्पराले सधैँ नेपालको अहित गरेको छ।

जब भारतसँग समस्या हुनेगर्छ त्यतिबेलै चीनसँग सीमा समस्या भएका कृतिम विषयहरू उठाइने गरिन्छ। यो नेपालको गलत कुटनैतिक चालबाजी हो।

चीनले पहिलेजस्तो नेपालमा प्यासिब कुटनैतिक सम्बन्ध होइन एक्टिभ कुटनैतिक सम्बन्ध कायम गर्दै आएको छ। सरकारले चीनसँग असल सम्बन्ध बिगार्न खोजेको कुटनैतिक क्षेत्रमा चर्चा छ।