गृहको वक्तव्य भारतको गुलामी

काठमाडौं । गृह मन्त्रालयले आज भदौं २० गते जारी गरेको विज्ञप्तीमा भारतीय सेनाले दार्चुला माथि हेलिकोप्टर उडाएकोमा नरम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउने नेपाली जनताप्रति कडा हुँदै भारतीय सरकारको गुलामी गरेको देखिन्छ।
गृहको विज्ञप्तिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको भन्दै गम्भीर आपत्ति जनाएको छ । सूदूरपश्चिम प्रदेशको दार्चुलाको आकाशमा भारतले हेलिकोप्टर उडाएको घटनाबारे पनि नरमपन देखाएको छ ।
गृह मन्त्रालयले आइतबार एक प्रेस विज्ञप्तिमा मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न ‘सबैमा’ आग्रह गरेको छ, तर हेलिकोप्टर उडाएको घटनामा विद्यार्थीहरुले जुलुस सहित भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएको घटनाप्रति आपत्ति जनाएको छ ।
छिमेकी मुलुक भारतका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको र यस्तो उच्छृङ्खल र निन्दनीय गतिविधिमा संलग्नलाई कारवाही गर्ने चेतावनी दिइएको छ ।
नेपाली आकाशमा अनधिकृत रुपमा हेलिकोप्टर उडाएको भन्दै सत्तारुढ दल नेकपा ९एकीकृत समाजवादी०का विद्यार्थी संगठन अनेरास्ववियूले शुक्रबार काठमाडौंमा मोदीविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका थिए । त्यसको ४८ घण्टापछि मात्र गृहले विज्ञप्ति निकालेको हो । पुत्ला दहनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
बिनाअनुमति हेलिकोप्टर उडाएर भारतले नेपालमाथि हेपाह व्यवहार गरेको भन्दै आन्दोलनकारीले सरकारको जवाफ माग गरेकामा ‘नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ’ भनेर कमजोर जवाफ दिएको छ ।
घटनाबारे के कस्तो अनुसन्धान भइरहेको छ भन्नेबारे मौनता जनाएको विज्ञप्तिमा भनिएको छ, ‘मित्रराष्ट्रहरूसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनैपनि क्रियाकलाप नगर्न सबैमा आग्रह गरिन्छ ।’ शेर बहादुर देउवाको पाँच दलिय सरकार नेपाली जनताप्रति कठोर र भारत र अमेरिकी सरकार प्रति नरम भएर यी राष्टको कठपुतली सरकारका रूपमा देखा परेको छ।
वि.सं.२०७८ भदौ २० १५:४५