back
hangrilabank
himalayanlife
stc

प्रेसप्रति नागार्जुन नगरपालिका अमैत्री

काठमाडौं । स्थानीय सरकार मानिएको नागार्जुन नगरपालिकाले संञ्चार क्षेत्र अमैत्री नियम बनाएर समग्र सञ्चार क्षेत्रलाई अपमान गर्ने निर्णय गरेको छ।

नागार्जुन नगरपालिकाले सञ्चार माध्यमलाई विज्ञापन दिन नगरपालिकामा रू.५०० शुल्क बुझाएर सुचिकृत हुनुपर्ने र वर्षमा एक पटक रू. १५००/– को विज्ञापन पाउने नीति बनाएको छ।

यस्तो विज्ञापनमा १३ प्रतिशत भ्याट र १.५ प्रतिशत आयकर पनि काटने गर्दछ। स्थानीय सरकारमा कही पनि नभएको यस्तो प्रतिगामी नीति बनाएर नागार्जुन नगरपालिकाले जनताको सुसुचित हुन पाउने अधिकारमा अंकुश लगाउने दृढता गरेको छ।

नेपाली कांग्रेसबाट जितेका मेयर मोहन बस्नेतले प्रेसप्रति निरंकुश कम्युनिष्ट, तानाशाही ज्ञानेन्द्र शाह र पञ्चायती शासनकालमा समेत नभएको यस्तो प्रतिगामी र अलोकप्रिय निर्णय गरेपछि उनको यो निर्णयको सर्वत्र विरोध भैरहेको छ।

पत्रपत्रिका र अनलाइन संञ्चार माध्यमहरूले नागार्जुन नगरपालिकाको यस्तो प्रेस अमैत्री र अलोकप्रिय विज्ञापन नीतिको विरोध गरि विज्ञापन बहिस्कार गर्दै हिडेका छन।

अहिले यस नगरपालिकाका समाचार समेत संञ्चार माध्यममा आउन छाडेका छन। नागार्जुन नगरपालिका काठमाडौं उपत्यकामा एक्लिदै गएका छन्।