असोज ३ गते विश्व हिन्दु महासंघले विरोध गर्ने

काठमाडौं। नेपाललाई धर्म निरपेक्ष घोषणा गरिएको विरोधमा संविधान दिवसको दिन असोज ३ गते विश्व हिन्दु महासंघले विरोध रर्याली गर्ने भएको छ ।
महासचिव अस्मिता भण्डारीले एक विज्ञप्ति जारी गर्दै जनचाहना विपरित संविधानमा धर्म निरपेक्ष समावेश गरिएको भन्दै विरोध र्यालीमा सहभागी हुन आव्हान गरेकी छिन् ।
विश्वकै एकमात्र हिन्दु राष्ट्रको पहिचान भएको नेपालमा ‘विधर्मी’हरुको इशारामा परि जनचाहना विपरित धर्म निरपेक्ष लागू गरिएकोमा संपूर्ण हिन्दु धर्मावलाम्बीहरुको आस्थामा चोट पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाल अधिराज्यको संविधान २०४७ कायम गर्ने उद्देश्यले धर्म निरपेक्ष संविधान २०७२ खारेज गर्ने माग गर्दै विरोध सभा गर्न लागिएको महासंघले जनाएको छ ।
हिन्दु अधिराज्यका पक्षधर र महासंघका सम्पूर्ण सदस्यलाई विरोध सभामा अनिर्वाय उपस्थित हुन विज्ञप्तिमार्फत महासंघले आग्रह गरेको छ ।
वि.सं.२०७८ असोज २ १२:३४