नेपाल नागरिक उड्डयान प्राधिकरणमा क्षेत्री महानिर्देशक बन्ने ?

काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरणको निमित्त महानिर्देशक राजकुमार क्षेत्री बनेका छन्। महानिर्देशक राजन प्रसाद पोखरेलले राजीनामा दिएपछि क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ। अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले असोज ५ गते मंगलबार साँझ पदबाट राजीनामा दिएका थिए।
३४ वर्ष हवाई उड्डयान क्षेत्रमा सेवा गरेका क्षेत्री १२ औं तहमा उपमहानिर्देशकको जिम्मेवारीमा कार्यरत थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्टताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशक तोकेको छ।
क्षेत्री यसअघि त्रिभुवन विमानस्थलको महाप्रवन्धकसँगै भैरहवा, भरतपुर, विराटनगर र जनकपुर विमानस्थल प्रमुखसमेत भैसकेका व्यक्ति छन्। मन्त्रालयले निमित्त तोक्न सक्ने भएपनि महानिर्देशक भने मन्त्रिपरिषदले नियुक्त गर्ने प्रावधान रहेको छ।
महानिर्देशकको लागि क्षेत्रीसँगै, त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारी, भोला गुरागाई र प्रधिकरणमा ११ औँ तहमा रहेका प्रदिप अधिकारी दौडमा रहेका छन्।
क्षेत्रीको सेवा अवधि ३ महिना र गुरागाईको ४ महिना मात्रै बाँकी रहेकाले तिवारी प्राधिकरणको महानिर्देशक हुने सम्भावना रहेको छ ।
थोरै अबधि भएकालाई महानिर्देशक नबनाउने भने पनि कांग्रेससँगको पहुँचका आधारले गर्दा तीन महिनाका लागि भएपनि क्षेत्री महानिर्देशक हुने निश्चित जस्तै छ।
वि.सं.२०७८ असोज ६ १५:०८