बजार अनुगमन गर्न गृह मन्त्रीको निर्देशन

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा बसेको चाडपर्ब बजार ब्यबस्थापन सम्बन्धि सरोकारवाला बीच बैठक भएको छ ।
सहभागीले बजारमा देखिएको कृत्रिम मुल्यवृद्धि,म्याद सकिएको बस्तुहरुमा रिलेबलिङ सम्बन्धि महामारी,बजारमा उपभोक्ता उपर भइरहेको लूट, आपूर्तिमा देखिएको समस्या र संयुक्त बजार अनुगमनमा देखिएको समस्याहरु, कानुन कार्यान्यनमा अवरोध र उदासीनता, ५५ अर्बको चामल , पोलेन्डको मह, न्यूजिलेन्डको भेडाको मासु, भारतीय चिया लगायत अनेकौं बस्तु किन आयात भइरहेको छ यसको अन्तर्य,अबको दुई महिनाभित्र सबारी दुर्घटनाको कारणले अकारण मर्नुपर्ने आउने बाद्य्यकारी अबस्था आदिमा विषय उठेका र यस्ता अपराध नियन्त्रणमा प्रहरी र सरोकार निकाय लाग्नु पर्ने विषय उठेको थियो ।
बैठकमा उद्योगी, ब्यापारी प्रतिनिधिहरु, सुरक्षा प्रमुखहरु, उपभोक्ता हित संरक्षण बिभागका महानिर्देशक , गृह र उद्योग बाणिज्य रआपूर्ति मन्त्रालयका सचिबहरु आफुले गरेको काम बारे र देखिएको समस्याका कुरा राखेका थिए ।
गृहमन्त्रीले सरकार सबैको भएकोले बजार देखिएको उपभोक्ता तथा बजार विरुद्धको सबै कसुरहरु उपर गृह मन्त्रालय कठोर रहने नियन्त्रणको लागि सबै अवयब प्रयोग गरिने सबैबाट सहकार्य र सहयोग अपेक्षा सहितको अनुरोध गरेका थिए ।
वि.सं.२०७८ असोज ८ ०८:१६