फोटो पत्रकारहरु सम्मानित

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको १२ औं केन्द्रीय अधिवेशन तथा २५औं वार्षिकोत्सव तथा रजत जयन्ती सम्पन्न भएको थियो ।अधिवेशनमा प्रदीपराज वन्त (रासस)को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति निर्विरोध निर्वाचन भएको थियो ।
जसमा वरिष्ठ उपाध्यक्षमा रातोपाटीका कृष्ण खड्का, महिला उपाध्यक्षमा राससका भगवती थापा, महासचिवमा हिमालय टाइम्सका नवराज श्रेष्ठ, कोषाध्यक्ष न्यूभिजन मिडियाका सागर श्रेष्ठ, सचिव रिर्पोटस नेपालका मुकुन्द कालिकोटे रहेका छन भने ।
त्यस्तै केन्द्रिय सदस्यहरूमा अन्नपूर्ण टाइम्सका घनश्याम श्रेष्ठ, वाह्रखरीका हरिश सिंह नगाल, अनलाइन खवरका आर्यन धिमाल,थाहा खवरकी शिला तिमीलसिना, नयाँ पेजका प्रबिण कुलुङ राई , नेवा टाइम्सका रमिता छुँजु र प्रदीप कुमार श्रेष्ठ चयन भएको थियो ।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपीजे)को १२ औं केन्द्रीय अधिवेशन २५औं वार्षिकोत्सव तथा रजत जयन्तीको उपलक्ष्यमा वरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधानबाट स्थापना गरिएको पुरस्कार एवं पदक निम्न फोटो पत्रकारले प्राप्त गर्नु भएको छ ।
कोभिड १९ कारणले यसपाली एकैपटक दुई वर्षको पुरस्कार वितरण गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले हरि गोपाल प्रधान फोटो पत्रकारिता पुरस्कार वितरण गर्नु भएको थियो ।
२०७६ सालको मनोरञ्जक फोटो पुरस्कार नवराज वाग्ले, खेलकुद फोटो पुरस्कार,सत्यम श्रेष्ठ पर्या – पर्यटन फोटो पुरस्कार नारायण सिलवाल संस्कृति सम्पदा फोटो पुरस्कार शोभा महर्जन र साहसिक फोटो पुरस्कार पूर्णिमा श्रेष्ठ र २०७७ सालको मनोरञ्जक फोटो पुरस्कार कपिल खड्का, खेलकुद फोटो पुरस्कार उज्जल डंगोल पर्या – पर्यटन फोटो पुरस्कार प्रेम थापा संस्कृति सम्पदा फोटो पुरस्कार प्रदीप शाक्य साहसिक फोटो पुरस्कार मुकुन्द कालिकोटेले पदक तथा पुरस्कार प्राप्त गरेका थिए ।
उक्त राष्ट्रिय फोटो पत्रकार समूहको पुरस्कार आगामी वर्षहरुको लागि पनि विभिन्न विद्याको पुरस्कार वितरणको लागि हरि गोपाल प्रधानबाट रु.दुई लाख पचास हजार रकमको अक्षयकोषको स्थापना पनि गरिएको थियो ।
सोही समारोहमा राष्ट्रिय फोटो पत्रकार समूहबाट हरि गोपाल प्रधानलाई पनि वल्र्ड बुक अफ रेकर्डमा नाम लेखाउन सफल भएकोमा प्रमुख अतिथि विद्या सुन्दर शाक्यबाट सम्मानित गरेको थियो ।
वि.सं.२०७८ असोज १२ १९:४९