back
stc
prabhu insurance

शेयर बजार ओरालो लागेको लाग्यै

काठमाडौं । नेपालको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै गएको नेप्सेमा आज देखिएको गिरावट पनि उच्च अंकको हो ।

एक महिनाअघि सम्म तीन हजार ३ सय बिन्दु नजिक पुगेको नेप्से परिसूचक आज असोज १२ गतेसम्म आइपुग्दा ओरालो लागेर दुई हजार ६ सय १५.४० मा ओरालो लागेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेनसेटिभ परिसूचक ११.४२ अंकले घटेर ४९४.९१ मा ओर्लिएको छ । नप्सेको ओरालो यात्रासँगै कारोबार रकमसमेत घटेको नेप्सेले जनाएको छ ।

आज कूल २१८ कम्पनीको एक करोड ३० लाख ३४ हजार ८ सय २८ कित्ता शेयर रु। पाँच अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ मूल्यमा खरिद बिक्री भएको छ ।

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरणसमेत घटेर रु। ३६ खर्ब ६१ अर्ब ४ करोड ९८ लाख ७० हजारको हाराहारीमा पुगेको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३६।०३, व्यापार ७९।३९, होटल तथा पर्यटन २४.३१, विकास बैंक १५४.४१, जलविद्युत् १३८.४५, वित्त १७५.५९, निर्जीवन बीमा ३२५.५६, उत्पादन ८९.२३, अन्य ३१.१३, लघुवित्त १११.९९, जीवन बीमा ४३१.९१, सामूहिक लगानी कोष ०.१७ र लगानी ३.५२ बिन्दुले ओरालो लागेको नेप्सेले जनाएको छ ।

आज कारोबारका आधारमा कुमारी बैंक लि। शीर्ष स्थानमा रहन गयो । सो बैंकको रु. १८ करोड ८२ लाख २७ हजार २ सय ९६ बराबरको कारोबार भयो ।

यस्तै हिमालयन डिस्टिलरी लि.को रु. १७ करोड ३८ लाख ४८ हजार ९ सय ८९, नेशनल हाइड्रोपावर लि। को रु. १५ करोड ४८ लाख ७८ हजार ४ सय ५०, आइसिएफसी फाइनान्स लि. को रु. १५ करोड ३७ लाख २७ हजार र एनआइसी एशिया बैंक लि.को रु. १४ करोड ५४ लाख ७१ हजार १ सय १४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

त्यस्तै नेप्से बजारमा मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो । मेघा बैंक लि।को १.९७, बोटलर्स नेपाल तराईको १.४२ र सनराइज बैंक लि.को ऋणपत्रका लगानीकर्ताले मात्रै १.३० प्रतिशतले कमाए ।

उता हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर्स र गुर्खाज फाइनान्सको शेयर मूल्य १० प्रतिशतले घट्दा नकारात्मक सर्किट लाग्यो । जोशी हाइड्रोपावर ९.८८ र शिव श्री हाइड्रोपावरका लगानीकर्ताले ९.८२ प्रतिशतले गुमाएका छन ।