राष्ट्रिय सभाको निर्वाचनबारे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीच निर्वाचनबारे छलफल भएको छ । सोमबार प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहित सदस्यबीच पहिलो चरणमा छलफल भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।
पहिलो चरणमा आज भएको छलफलमा आगामी फागुनमा रिक्त हुने राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन गर्ने र मिति तोक्ने लगायत अन्य विविध विषयमा छलफल भएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।
‘निर्वाचनबारे पहिलो चरणको छलफल आज भएको छ । यसबारे थप छलफल हुन बाँकी छ,’ उहाँले भन्नुभयो,‘अर्को छलफलका लागि अहिले मिति तय भएको छैन । एक–दुई दिनभित्र तय हुन्छ ।’
वि.सं.२०७८ कात्तिक ८ १४:४५