एचआइडीसीएलको १००% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज जेठ २७ गते बिहीबार अन्तिम दिन हो । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि भोली जेठ २८ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । तसर्थ, उक्त हकप्रद सेयरमा जेठ २७ गते आज बिहीबारसम्म कायम सेयरधनीले मात्र कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीले १ः१ अनुपातमा ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीको शतप्रतिशत हकप्रदलाई निष्कासन अनुमति दिइ सकेको छ । अब कम्पनीले छिट्टै हकप्रद निष्कासन प्रकृया अघि बढाउने छ । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
वि.सं.२०७८ जेठ २७ ०७:४२