सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको बोनस सेयर समायोजन

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १० प्रतिशत बोनस पछिको भाउ समायोजन गरेको हो ।
समायोजनपछिको मूल्य ६३४ रुपैयाँ निर्धारण गरेको छ । यहि भाउलाई आधार मानेर आइतबार यस कम्पनीको सेयर कारोबार खुल्नेछ ।
लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले आज भदौ ४ देखि भदौ १८ गतेसम्म बुक क्लोज गरेको छ । यसले भदौ १८ गते वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले सभामा १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्तव पेश गर्ने छ । साथै, बोनस सेयरपछि ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।
वि.सं.२०७८ भदौ ४ ०८:०३