एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि ५० को लाभांश पाउन भदौ १८ गते बुक क्लोज
काठमाडौं । एनएमबि क्याटिलको व्यवस्थापनमा सञ्चालित एनएमबि हाइब्रिड फन्ड एल–१ र एनएमबि ५० ले लाभांश वितरण गर्न भदौ १८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, भदौ १७ गतेसम्म कायम रहने इकाईधनीले मात्र दुवै फन्डको लाभांश पाउन सक्नेछन् ।
दुवै फन्डले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । जसमा एनएमबि हाइब्रिड फन्ड एल–१ ले २० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्न लागेको छ । यस्तै, एनएमबि ५० बाट पनि लगानीकर्ताले करसहित ३० प्रतिशत का दरले प्रतिफल दिन लागेको हो ।
वि.सं.२०७८ भदौ ४ ०७:५३



















