back
stc
prabhu insurance

असोज १६ गते रु रु जलविद्युतले वार्षिक साधारण सभा बोलायो, नगद र बोनस मुख्य एजेन्डा

काठमाडौं । रु रु जलविद्युत परियोजनाले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक बोलाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारण सभा असोज १६ गते बोलाएको हो । सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कर सहित १०.५२६३R नगद लाभांश र २०७७/७८ को नाफाबाट १०% बोनस सेयर र उक्त बोनसमा लाग्ने कर तिर्न ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

यता, संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

साथै, सभाबाट स्वतन्त्र सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव रहेको छ । बोनसपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुनेछ ।

वार्षिक साधारण सभा बिहान ११ बजे रु रु को रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा भर्चुअल माध्यमबाट बस्नेछ । सभा प्रयोजनका लागि असोज ७ गते बुक क्लोज हुने भएकाले असोज ६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछ ।