एनएमबि सरल बचत फन्ड इ’ को १० करोड इकाई म्युचुअल फन्ड निष्कासन गर्ने

काठमाडौं । एनएमबि क्यापिटलले भदौ १७ गतेदेखि ‘एनएमबि सरल बचत फन्ड इ’ को १० करोड इकाई म्युचुअल फन्ड निष्कासन गर्ने भएको छ ।
यसमध्ये ४०५ अर्थात् ४ करोड इकाई पहिलो चरणमा निष्काशन गर्ने क्यापिटलले जनाएको छ । यस्तै, कूल इकाई मध्ये १४५ अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र १५ योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला हुनेछ ।
यसमा भदौ २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएमा भदौ ३१ गतेसम्म खुला रहनेछ ।
एनएमबि सरल बचतमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गर्नेछ ।
वि.सं.२०७८ भदौ ८ ०९:५४