आज अपि पावरको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

काठमाडौं । अपि पावरको लाभांश सुरक्षित गर्ने आज भदौ १७ गते अन्तिम दिन हो । भदौ २५ गते साधारण सभा बोलाएको कम्पनीले शुक्रबार भदौ गते१८ देखि सभा हुने दिनसम्म बुक क्लोज गर्दैछ ।
यसर्थ, आजसम्म कायम सेयरधनीले यो बोनस सुरक्षित गर्न सक्नेछन् । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १०५% बोनस सेयर र बोनस सेयर कर प्रयोजनको लागि ०.५५% नगद लाभांश वितरण गर्दैछ ।
सभा संस्थाको प्रधान कार्यालय ट्रेड टावर थापाथली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा बोनस बितरण पश्चात कायम चुक्ता पुँजीबाट ३९५ हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि छ ।
कम्पनीको बोनस र हकप्रद पश्चात चुक्ता पुँजी बृद्धि हुने हुँदा सोही अनुरुप कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
वि.सं.२०७८ भदौ १७ ०६:१८