back
stc
prabhu insurance

भोलि शुक्रबारदेखि सामलिङ पावर कम्पनीको आईपीओ आवेदन खुला

काठमाडौँ । सामलिङ पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि भोलि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ ।

कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो । यस अघि २२ साउनदेखि नै आईपीओ जारी गर्ने भनिए पनि समयमा आईपीओ खुला हुन सकेको थिए ।

आईपीओ प्रतिशेयर १०० अङ्कित मूल्यका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात् २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा असोज १ गतेसम्म रहेको छ भने ढिलोमा असोज १७ गतेसम्म विक्री हुनेछ ।

आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैङ्क, सिभिल बैंक र लक्ष्मी बैंकका इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिने छ ।