सिनर्जी पावर डेभलपमेन्टको वार्षिक साधारण सभाको आज

काठमाडौं । आज भदौ १८ गते शुक्रबार सिनर्जी पावर डेभलपमेन्टको वार्षिक साधारण सभा बस्दैछ । कम्पनीले सभामा १० प्रतिशत बोनस सेयरपछि ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।
प्रस्तावित १० प्रतिशत बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि रहेको छ । उक्त बोनसपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।
सिनर्जीले हाल कायम चुक्ता पुँजी ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको १० प्रतिशत बोनस प्रस्ताव गरेको हो ।
उक्त बोनसपछि यसको चुक्ता पुँजी ७९ करोड ६५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । सोही पुँजीको ५०५ हकप्रद जारी हुनेछ । हकप्रद भने साधारण सभाले पारित गरी नियामक निकायबाट स्वीकृति पाएपछि मात्र जारी हुनेछ ।
साधारण सभा प्रयोजनका लागि सिनर्जीले गत भदौ ४ गतेदेखि १८ गतेसम्म बुक क्लोज गरेको छ । भदौ ३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित १० प्रतिशत बोनस सेयर पाउने छन् । साधारण सभा जुम एप मार्फत भर्चुअल प्रविधिबाट काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ भदौ १८ ०८:१५