रु रु जलविद्युको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । आज असोज ६ गते बुधबार रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । सभा प्रयोजनका लागि कम्पनीले बिहीबार असोज ७ गते बुक क्लोज गर्दैछ ।
तसर्थ, आजसम्म कायमसेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछ । यसले २ आर्थिक वर्षको वार्षिक साधारण सभा एकै पटक बोलाएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को वार्षिक साधारण सभा असोज १६ गते बोलाएको हो । सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट कर सहित १०.५२६% नगद लाभांश र २०७७/७८ को नाफाबाट १०% बोनस सेयर वितरण प्रस्ताव पेश हुनेछ । यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.५२६३% नगद लाभांश वितरण गर्ने प्रस्ताव रहनेछ ।
यता, संस्थापक समूहबाट ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।
स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पनि रहेको छ । बोनस सेयरपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गरिनेछ ।
साधारण सभा रु रु को रजिष्टर्ड कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्नेछ ।
वि.सं.२०७८ असोज ६ ०७:५१