मानुषीको सेयर नेप्सेमा सूचीकृत, कतिमा होला सुरुवाती कारोबार ?
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सर्वसाधारणका लागि बिक्री खुलाएको ३ लाख ९५ हजार ७५० कित्ता र ७ लाख संस्थापक सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
आज सूचीकृत भएको कम्पनीको सेयर भोली सोमबारदेखि कारोबारमा आउनेछ । कम्पनीको आईपीओको सुरुवाती कारोबार १३२।६९ रुपैयाँदेखि ३९८.०७ रुपैयाँमा हुने छ ।
वि.सं.२०७८ असोज १० १८:३७




















