back
stc
prabhu insurance

अरुण भ्याली हाइड्रोपावरको बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । अरुण भ्याली हाइड्रोपावरको बोनस सेयर समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ५ सय २३ रुपैयाँ निर्धारण गरेको छ ।

नेप्सेले कम्पनीको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । सभा प्रयोजनका लागि कम्पनीले आज असोज ११ गते सोमबार बुक क्लोज गरेको छ ।

गत वर्षको नाफाबाट अरुण भ्यालीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न असोज २४ गते बिहान ११ बजे कम्पनीको साधारण सभा बस्दैछ । अरुण भ्यालीले बोनस वितरणपश्चात कायम हुने चुक्ता पुँजीबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने पनि निर्णय गरेको छ ।