छ्याङदी हाइड्रोपावरले अर्को ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले ३० प्रतिशत हकप्रद सेयरपछि पुनः ४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले ४० प्रतिशत हकप्रद सेयर जारी गर्नको लागि विद्युत नियमन आयोगमा निवेदन दिने निर्णय गरेको हो ।
हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृतीका लागि कम्पनीले नेपाल धितोपत्र बोर्ड आवेदन दिइसकेको छ । (४ मेगावाट) को लागतमा कोभिड–१९ ले भएको बन्दाबन्दी र बाढी पहिरोका कारण लागत वृद्धि भएको कम्पनीले जनाएको छ ।
त्यसैले, सो आयोजना निर्माण सम्पन्न गर्नका लागि आवश्यक रकम दीर्घकालिन ऋण सोही आयोजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू र कुमारी बैंकबाट माग गर्ने र हकप्रद सेयर निष्कासन गरी भुक्तानी गर्ने कम्पनीको भनाइ छ ।
वि.सं.२०७८ असोज १९ ११:५३