जेठ १४ गते युनाइटेड इदी मर्दी हाइड्रोपावरको वार्षिक साधारण सभा
काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले जेठ १४ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आभ्या क्लब घारीपाटन पोखरामा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने एजेन्डा पेश हुँदैछ ।
यस्तै, आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण स्वीकृत गर्ने र आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि कम्पनीले वैशाख ३० गते बुक क्लोज गरेको छ । वैशाख २९ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
वि.सं.२०७९ जेठ ११ ०८:२०



















