back
stc
prabhu insurance

डब्ल्यूएचओको महानिर्देशकमा ट्रेड्रोस फेरि पाँच वर्षका लागि निर्वाचित

एजेन्सी। ट्रेड्रोस अधानम गेब्रेयेसस विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा निर्वाचित भएका छन्। डब्ल्यूएचओका वर्तमान महानिर्देशक ट्रेड्रोस फेरि पाँच वर्षीय कार्यकालका लागि चयन भएका हुन्।

विश्व स्वास्थ्य सभाका अध्यक्षले मंगलबार ट्रेड्रोस महानिर्देशकमा फेरि निर्वाचित भएको जनाएका छन्। महानिर्देशक बन्नका लागि ट्रेड्रोसको मात्रै उम्मेदवारी रहेको थियो।

डब्ल्यूएचओको महानिर्देशकमा पाँच वर्षका लागि निर्वाचित भएका ट्रेड्रोस इथियोपियाको पूर्व स्वास्थ्य मन्त्री हुन्।