आज एसियन हाइड्रोपावर कम्पनीको आइपीओ बाँडफाँट हुँदै

एसियनको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ ।

काठमाडौं । एसियन हाइड्रोपावर कम्पनीको आइपीओ आज फागुन १४ गते आइतबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल मार्केटका अनुसार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट गरिनेछ ।

एसियनको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २३.८४ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसमा १४ लाख ९२ हजार ७७८ जनाले कुल १ करोड ६६ लाख २६ हजार ५२० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ६९ हजार ७२० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख २३ हजार ५८ जनाको भने हात खाली हुनेछ ।

हाइड्रोपावरले माघ २७ गतेदेखि फागुन ३ गते सर्वसाधारणका लागि ६ लाख ९७ हजार २ सय कित्ता आइपीओ बिक्री खुला गरेको हो ।

प्रकाशित समय ०८:४५ बजे

प्रतिक्रिया दिनुहोस्