back
prabhu insurance
himalayanlife

आरटीजीएस प्रणाली शनिबार पनि सुचारु रहने

काठमाडौं । आरटीजीएस प्रणाली भोलि कात्तिक ६ गते शनिवार पनि सुचारु रहने भएको छ।नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो।

विकास ऋणपत्र २०७९ ‘ख’ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली सुचारु रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार भोलि आरटीजीएस प्रणाली बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहने छ।