विकास बैंकमा मुद्दतिमा ९.५ र बचतमा ४.५ प्रतिशत दिने सहमति

काठमाडौं । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुले निक्षेपमा दिने ब्याजदरको विषयमा सामूहिक समझदारी कायम गरेका छन् । विकास बैंकका सीइओहरुबीचको छलफलले यस्तो समझदारी कायम गरेको हो ।
उनीहरुले मुद्दति निक्षेपमा अधिकतम ९.५ प्रतिशत ब्याजदर दिने गरी नयाँ दर सार्वजनिक गर्ने सहमति गरेका हुन् । यस्तै बचतमा न्यूनतम ४.५ प्रतिशत ब्याजदर दिने उनीहरुबीच सहमति कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले एकअर्काको निक्षेप खोस्ने उद्देश्यले ब्याजदर युद्ध सुरु गरेपछि त्यसलाई रोक्दै तीन बुँदे निर्देशन जारी गरेपछि बैंकहरु आफू आफूले सहमति गर्न थालेका हुन् ।
यसअघि विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर समान अर्थात १०.६१ प्रतिशत बनाएका थिए। असोजमा भने राष्ट्रिय स्तरका सबै विकास बैंकको मुद्दतिको अधिकतम ब्याजदर ९.५ प्रतिशत नै थियो ।
वि.सं.२०७८ कात्तिक ५ १६:५७