back
stc
prabhu insurance

राष्ट्रिय स्वतन्त्र पार्टीको काठमाडौं–७ मा सुरुवाती अग्रता

काठमाडौं। देशका विभिन्न स्थानबाट मतगणनाको प्रारम्भिक नजिता आउने क्रम जारी छ। गणना भएका धेरै ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टी आक्रमक रुपमा आएको छ।

यसैबीच काठमाडौं क्षेत्र नम्बर सातको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ।

प्राप्त विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १७७ मत पाएको छ। यसैगरी पानीको जार चुनाव चिन्हले १०८ पाएको छ भने नेकपा एमालेले ९३ मत पाएको छ।

माओवादी केन्द्रले ७५ मत मात्रै पाएको छ। यहाँ गणना भएको मध्ये २० मत बदर भएको छ। अहिले मतगणना जारी छ।