back
stc
prabhu insurance

सर्लाही–४ :कांग्रेसबाट कारवाहीमा परेका अमरेशकुमार सिंह निर्वाचित

काठमाडौं । सर्लाही क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसबाट कारवाहीमा परेका अमरेशकुमार सिंह निर्वाचित भएका छन् ।

माछा चुनाव चिन्ह लिएर निर्वाचन लडेका सिंहले कांग्रेसका आधिकारिक उम्मेदवार नागेन्द्र कुमाललाई झिनो मत अन्तरले पराजित गरेका हुन् ।

सिंहले १७ हजार ७६८ मत ल्याएर विजयी भएका छन् भने कुमालले १६ हजार २२८ मत ल्याएर पराजित भएका छन्

।गत वैशाखमा भएको स्थानीय तहमा चुनावमा अन्तरर्घात गरेको भन्दै सिंहलाई कांग्रेसले कारवाही गरेको थियो ।