back
stc
prabhu insurance

मापदण्ड पालना गरेका १२ उद्योगले नेपाली चियाको लोगो पाउँदै

काठमाडों । मापदण्ड पालना गरेका १२ उद्योगी, व्यवसायीले चियाको लोगो ट्रेडमार्क यसपालि पनि पाउने भएका छन् । लोगो वितरणका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डको टिम इलाम पुगेको छ ।

गत वर्षदेखि नेपाली चियोको लोगो कार्यान्वयनमा आएको हो । कार्यान्वयनमा आएको वर्ष पनि १२ उद्योगी तथा व्यवसायीले लोगो प्राप्त गरेका थिए ।

लोगोका लागि उद्योगले नेपाली अर्थोडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिकाले तय गरेको मापदण्ड पालना गर्नुपर्छ ।

लोगोका लागि निवेदन दिएकाहरुले निर्देशिकाको पालना गरे नगरेको अध्ययन पछि मात्रै लागो दिइने बोर्डका निर्देशक दीपक खनालले जानकारी दिनुभयो ।

खनालका अनुसार उत्पादकले चियामा तोकिएको गुणस्तर पुगे पछि लोगोका लागि निवेदन दिन पाउँछन् । प्रकृति जोगाउने, गुणस्तरमा ध्यान दिनुपर्ने लगायत शर्त पूरा गरेकाले मात्रै लागो पाउने पनि उहाँले बताउनुभयो ।

नेपालबाट निकासी हुने चियामा एउटै लोगो प्रयोग हुँदा नेपाली चियाको पहिचान विश्वका धेरै ठाउँमा पुग्ने छ । विश्वका धेर देशमा नेपाली चिया तथा कफीको माग माग बढ्दो छ ।