वर्ल्डलिंकको ३०० एमबिपिएस गतिको स्मार्ट इन्टरनेट सेवा शुरू

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ ।
वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको छ । फोटोन उच्च गतिको इन्टरनेट सेवा हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ ।
नेपालमा पहिलो पटक ३०० एमबीपीएस सम्मको गतिमा इन्टरनेट उपलब्ध हुने भएको छ । फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणालीबाट घरभरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्ने छन ।
यस्तो वाइफाइ प्राप्त गर्न नोकियाको बेकन १/१ राउटरहरु प्रयोग गरिने छ । यसले हाल घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाइले गराउने छ ।
इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्ने छ । मेष वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो हुन्छ ।
मेष वाईफाईमा सबै राउटरहरु एक अर्कासँग जोडिएका हुन्छन । त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन। ग्राहकहरुले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाई सार्न सक्नेछन ।
नयाँ इन्टरनेट सेवा सार्वजनिक कार्यक्रममा बोल्दै वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष दिलीप अग्रवालले भने ( हामी विश्वव्यापी इन्टरनेट प्रबिधिको उत्कर्ष सिमामा छौ र हाम्रो घरमा इन्टरनेटको गति निरन्तर वढाउनु पर्ने आवश्यकताका साथ साथै अत्याधुनिक उपकरण र प्रबिधिसँगै एउटा गुणस्तरीय घरेलू नेटवर्किंग गर्नुपर्ने हुन्छ ।
घरमा भएका विभन्न उपकरणहरु इन्टरनेटसँग जोडिएका हुन्छन । त्यसैले हामीले नेपालमा पहिलो पटक ३०० एमबिपीएस गतिको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १/१ राउटरको सँगै मेष वाईफाई होम सोलुसन शुरू गरेका छौं ।
यस्तो गतिको इन्टरनेट उपलब्ध गराउन पाउँदा हामीलाइ गर्व लागेको छ । यी उपकरणहरुको नेटवर्किंग गर्दा घरमा अन्य नेटवर्किंग मापदण्डहरुको जाँच उत्कृष्ट जडान प्रक्रियको माध्यमबाट गरिनेछ। हामीले हाम्रा ग्राहकहरुलाई उनीहरुको घर परिसरमा एक अतुलनीय ब्रॉडब्यान्डको अनुभव दिन सक्छौं भन्ने कुरामा म विश्वस्त छु ।
अहिले सम्म नेपालको इन्टरनेट सेवामा एक अपूर्ण अन्तर थियो। अब वर्ल्डलिंकले ल्याएको उच्च गतिको इन्टरनेट सुलभ मूल्यमा उपलब्ध हुनेछ ।
यसले सबैको घरलाई स्मार्ट बनाउने छ । अहिले वल्डलिंकले काठमाण्डौमा फोटोन सेवा प्रदान गर्न नेटवर्कलाई अध्यावधिक गरेको छ । वल्डलिंकले अन्य शहरहरुमा पनि फोटोन सेवा चाँडै नै शुरू गर्नेछ । वर्ल्डलिंक पहिले नै नेपालको ब्रॉडब्याण्ड क्षेत्रमा आईपीटीभी सेवाको एक प्रमुख आविष्कारक हो ।
यसले नेटटिभी ब्राण्डमा आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ । वर्ल्डलिंकले मुलुकका ११ हजार भन्दा बढी स्थानमा वाईफाई हटस्पट बनाएर सर्वसाधारणलाई निःशुल्क वायरलेस इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।
यस कम्पनीले कर्णालीजस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्रॉडब्याण्ड टेक्नोलोजी सेवा पुर्याइ रहेको छ ।
वि.सं.२०७८ भदौ २२ १६:१५