back
hangrilabank
himalayanlife
stc

प्रुडेन्सियल इन्स्योरेन्सले ८ प्रतिशत बोनस सेयर दिने

काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई ८ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको १९ औं वार्षिक साधारणसभाले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

बोनस सेयरपछि कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार पुग्नेछ । निर्जीवन बीमा कारोबार गर्दै आएको कम्पनीको १९ ‍औैं वार्षिक साधारणसभाले दुई संचालकहरुको समेत चयन गरेको छ ।

कम्पनीको संस्थापन समूह ख अन्तर्गत शैलेश संघाई र अनिता रायमाझी संचालकमा निर्विरोध निर्वाचित भएको कम्पनीले जनाएको छ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/०७७को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको जारी विज्ञप्तीमा उल्लेख छ।