back
stc
prabhu insurance

एनएलजी इन्स्योरेन्सको १०.५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । एनएलजी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज  साउन १३ गते बुधबार अन्तिम दिन हो । एनएलजीले साउन २१ गते बस्ने साधारण सभाको लागि साउन १४ गते बुक क्लोज गर्दैछ । तसर्थ, यसले प्रस्ताव गरेको १०.५२% लाभांश पाउन र सभामा भाग लिन आजै सेयरधनी बन्नु पर्छ ।

एनएलजी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५२% नगद सहित कुल १०.५२% लाभांश दिने प्रस्ताव सभामा पेश गर्ने छ ।

यस्तै, आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ ।

सभा एनएलजीको प्रधान कार्यालय पानीपोखरी, काठमाडौंमा बिहान १० बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।