सानिमा लाइफको आईपीओ बाँडफाँड

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर अर्थात आईपीओ बाँडाफाँड भएको छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलले गरेको बाँडफाँड अनुसार पाँच लाख ४० हजार जनालाई १० कित्ताका दरले आईपीओ परेको छ भने १७ लाख ६८ हजार जनालाई परेको छैन ।
आईपीओको लागि २४ लाख १९ हजार ८ सय ४८ वटा परेकोमा १ लाख ६ हजार २ सय ९२ जनाको रद्द भएको थियो । योग्य आवेदकहरु २३ लाख ८ हजार १ सय २२ वटा मध्येबाट ५ लाख ४० हजार जनालाई न्यूनतम १० कित्ता बाँडफाँड गरिएको छ ।
आईपीओको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com र तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np मा हेर्न सकिनेछ ।
वि.सं.२०७८ साउन ३० १३:५८