शान्ति समाजका सल्लाहकार मनोनयन

काठमाडौं । मानव अधिकार तथा शान्ति समाज काठमाडौ शाखाको कार्य समितिको नियमित बैठक हिजो साउन २९ गते शाखाका सभापति ईश्वर पुडासैनीको सभापतित्वमा सम्पन्न भएको छ ।
२०७८ साउन १५ गते सम्पन्न २४ औं जिल्ला अधिबेशन र तत्पश्चात सप्पन्न कार्य समितिको बैठकले निर्दिष्ट गरे बमोजिम बसेको बैठकले जिल्ला कार्य समितिको सल्लाहकारमा मुरारी प्रसाद फुयाल, महेन्द्र भट्टराई , ईश्वर सापकोटा र नानीकाजी गिरीलाई मनोनयन गरेको छ ।
साथै अरु विभिन्न कार्य गर्ने तथा कोभिड्को बिच पनि राहत र उध्दार कार्यलाई निरन्तरता दिने निर्णय समेत बैठकले गरेको समाजका काठमाडौं शाखाका सभापति ईश्वर पुडासैनीले जानकारी दिएका छन।
वि.सं.२०७८ साउन ३० १३:३६